तेस्रो डीएभी प्लस टु इन्टरकलेज फुटसल प्रतियोगिताको उपाधि ओरियन्टलाई

तेस्रो डीएभी प्लस टु इन्टरकलेज फुटसल प्रतियोगिताको उपाधि ओरियन्टलाई
+
-

काठमाडौँ – कोभिड १९ को महामारीपछि काठमाडौँ उपत्यकामा आयोजित सम्भवतः सबैभन्दा ठूलो अन्तरउच्च माध्यमिक फुटसल प्रतियोगिता सम्पन्न भएको छ।

ललितपुरको जावलाखेलस्थित डीएभी सुशील केडिया विश्व भारती उच्च माध्यमिक विद्यालयद्वारा आयोजित फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि ओरियन्ट उच्च माध्यमिक विद्यालयले जितेको हो।

ओरियन्टले आयोजक डीएभी रेडलाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले पराजित गर्दै २ लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ। उपविजेता आयोजक टिम डीएभी रेडले एक लाख नगद पुरस्कारमा चित्त बुझाएको छ।

विजेता तथा उपविजेतालाई विद्यालयका अध्यक्ष अनिल केडिया तथा एकेडेमिक डाइरेक्टर सुमन बस्नेतले पुरस्कार वितरण गरेका थिए।

प्रतियोगितामा आयोजक डिएभी रेडका सुमित थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भए। सर्वोत्कृष्ट गोलकिपर ओरियन्टका सरोज पाण्डे घोषित हुँदा सर्वाधिक गोलकर्ताको पुरस्कार दिवस विष्ट (डीएभी रेड), विजय पौडेल (समृद्धि उमावि) तथा सुनिल थिङ (इन्साइट भिजन उमावि) ले संयुक्त रूपमा बाँडेका थिए।

यसअघि पहिलो संस्करणको विजेता मोलिस उच्च माध्यमिक विद्यालयले एक लाख तथा उपविजेताले पचास हजार नगद पुरस्कार प्राप्त गरेका थिए। दोस्रो संस्करणमा विजेता समृद्धि उच्च माध्यमिक विद्यालयले नगद एक लाख पचास हजार तथा उपविजेताले पचहत्तर हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए।

यसपटकको प्रतियोगितामा पुरस्कार राशिसमेत वृद्धि गरिएको थियो। आयोजकतर्फका दुई टिम गरी प्रतियोगितामा उपत्यकाका २६ उच्च माध्यमिक विद्यालयको सहभागिता रहेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?