
धनगढी- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अन्तघातरहित पार्टी बनाउने उद्घोष गरेका छन्।
धनगढीमा शुक्रवार नेपाली कांग्रेस कैलालीको १६ औ जिल्ला सम्मेलन उद्घाटन गर्दै देउवाले अन्तरघातको कारण नेपाली कांग्रेसले स्थानीय तहदेखि प्रदेश र केन्द्रको चुनावमा पराजय भोग्नु परेको उल्लेख गर्दै अब नेपाली कांग्रेसलाई सदाको लागि अन्तरघात रहित पार्टी बताउने दावी गरे।
‘पार्टीमा अन्तरघाती रहेसम्म नेपाली कांग्रेस बलियो हुन्न ।’ देउवाले भने, ‘अन्तरघात गर्नेलाई अब कडा भन्दा कडा कारवाही गरेरै भएपनि अन्तरघातरहित काग्रेस बनाउछु।’देउवाले कांग्रेसलाई अन्तर्घातीहरुले सिद्धाउन थालेको बताए।
‘कृष्णप्रसाद भट्टराईलाई हराएदेखि कांग्रेसमा अन्तर्घातको रोग लागेको छ र यो क्रम अहिले पनि जारी छ, अब यसरी पार्टी चल्दैन, कांग्रेस भंग गरे हुन्छ, म अन्तघार्तबाट मुक्त कांग्रेस बनाएर मात्रै बिश्राम लिन्छु तपाईहरुको साथ चाहियो’ देउवाले भने।
देउवाले अब आफूले पार्टीबाट अन्तर्घात नष्ट पारेर फेरी पुरानै शक्तिशाली कांग्रेस बनाएर मात्रै बिश्राम लिने बताए।उनले प्रष्ट शब्दमा पार्टीमा अन्तघार्त कायमै रहे कांग्रेस पार्टी भंग गरिदिए पनि हुने बताए।