
विष्णु तिवारी
चैत २६, २०७८

अ
+
अ
अ
-
साँचो बोली सुन्दा खार लाग्ने भयो
हावादारी कुरा गर्ने पार लाग्ने भयो।।
लखेटिनु पर्ने चाहिँ घर घरमा आए
मन पराएकालाई जार लाग्ने भयो।।
यताका ताने उता उताका ताने यता
तानतुनले मैदानमा बार लाग्ने भयो।।
हारजितको खेलमा दाम गयो कता
महंगीको तरवारमा धार लाग्ने भयो।।
घुमिफिरि आउँछ आखिर उहि रुपको
मह नपार्ने खालको घार लाग्ने भयो।।

