मनै लोभ्याउने उपत्यकाका नेवार बस्तीहरु (फोटो फिचर)

मनै लोभ्याउने उपत्यकाका नेवार बस्तीहरु (फोटो फिचर)
+
-

काठमाडौँ – बढ्दो सहरीकरणले उपत्यकाका नेपालभाषी (नेवार) हरुको बस्ती म्हासिँदै गएका छन्। २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुरातात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो नै, काठमाडौँ उपत्यकाका नेवार बस्तीलाई समेत क्षतविक्षत पार्‍यो।

च्यासलको लाक्षी रहेको एक फल्चामा बसेका स्थानीय।

ललितपुरको बाडेगाँउ।

खोकनामा भुकम्पपछि पुरानै ढाचामा पुर्ननिर्माण गरिएको बस्ती।

ठेचो हस्तकलाका परम्परागत सरसामान बनाउँदै महिला।

लुभुको परम्परागत नेवारी बस्ती। यो ऐतिहासिक बस्ती भत्काएर सरकारले सडक निर्माण गर्ने तयारी गरिरहेको छ।

सुकुल बुन्दै ललितपुरको सिद्धिपुरका महिला।

हरिसिद्धिको फल्चामा बसेका दौतरी वृद्धा।

नेपालको इतिहासमा नेपालभाषीहरुको योगदान अतुलनीय छ। ऐतिहासिक पुरातात्विक महत्वको काठमाडौँ उपत्यकाको परिचय र पहिचान नै नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले जीवन्त र उँचो बनाइरहेको छ।

भक्तपुरस्थित एक घरको झ्यालमा बसेकी महिला।

भक्तपुरको दरवार परिसरस्थित एक मन्दिरमा चित्र बनाउँदै कलाकार।

यहाँको रहनसहन, जीवनशैली, भाषा र कला–संस्कृतिले संसारकै ध्यान तानेको छ। प्रकृति र मानव सृजित विपतको हन्डर–ठक्कर खाएर पनि उभिइरहेको उपत्यकाका नेवार बस्तीका तस्बिर यहाँ प्रस्तुत गरिएको छ। हेर्नुस्, काठमाडौँ उपत्यकाका नेवार बाहुल्य बस्तीहरु खोकना, बुङमती, कीर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु, भक्तपुर, पाटनका विभिन्न स्थानका तस्विरहरु।

कीर्तिपुरको परम्परागत झ्यालबाट हेर्दै महिला।

कीर्तिपुरको नेवारी परम्परा झल्कने लहना भोजनालयमा ओखलमा मसला कुट्दै।

खोकनाका थकाली। टोलका सबैभन्दा ज्येष्ठलाई थकाली मान्ने चलन छ।

तस्बिरहरु : नेपाल न्युज एजेन्सी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?