महिला हिंसा निरुत्साहित गर्न प्रदेश १ सरकार सधै लागि पर्ने

महिला हिंसा निरुत्साहित गर्न प्रदेश १ सरकार सधै लागि पर्ने
+
-

मोरङ – प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले कानुनले दण्डितमात्र नभएर अनुशासन समेत सिकाउने बताएका छन्।

महिला अधिकार सम्बन्धी कार्य गर्दै आएका सामाजिक संघसंस्थासँग विराटनगरस्थित मन्त्रालयमा बुधबार छलफल गरेका मन्त्री कार्कीले सरकार सामाजिक न्याय र समानताका लागि काम गरिरहेको बताए।

सामाजिक संघसंस्थाले महिला अधिकार सुनिश्चत गर्न माग गर्दै ज्ञापनपत्र बुझाउने क्रममा मन्त्री कार्कीले महिला हकअधिकारका सन्र्दभमा कार्य गर्दै आएका संघसंस्थासँग समन्वय गर्दै सभ्य समाजको निर्माण प्रदेश सरकारले गर्नेमा जोड दिए।

कानूनले दण्डमात्र नदिने बताएका मन्त्री कार्कीले कानूनले समाजलाई सभ्य र अनुशासित हुनसमेत शिक्षा दिने बताए। सभ्य समाजका लागि आफै सचेत र परिवर्तनशील हुनुपर्नेमा जोड दिदैं उनले महिला हिंसा निरुत्साहित गर्न प्रदेश सरकार सधै लागि पर्ने बताए।

ज्ञापानपत्र बुझाउने क्रममा ओरेक मोरंगकी कार्यक्रम अधिकृत गोमा भण्डारीले महिला हिंसा न्यूनीकरणका लागि सरकारले कानून निर्माणमा जोड दिनुपर्ने बताएकी थिइन्। विद्यालयमा महिला असुरक्षित रहेको बताउँदै अध्यक्ष भण्डारीले समतामूलक समाज निर्माणमा सरकारले आवश्यक पहल कदम अघि बढाउनुपर्ने सुझाव दिइन्। ओरेक, ए.वि.सी. नेपाल, सि.वि.न. नेपाल, नारी विकास, ईन्सेक, कोकुन, डब्लु.एच.आर र माइती नेपालद्वारा संयुक्त रूपमा बुझाइएको ज्ञापन पत्रमा महिला विभेद, शोषण र हिंसामुक्त जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरिएको छ ।

हिंसा प्रभावितहरूले पनि आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने माग गर्दै राज्यले व्यवस्था गरेको लैंङगिक हिंसा निवारण कोषलाई प्रभावकारी कार्यान्वयन गर्न भनिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?