सोहेल खानले मन्त्री आलेको तारिफ गर्दै भने, ‘ब्युटिफुल म्यान’

सोहेल खानले मन्त्री आलेको तारिफ गर्दै भने, ‘ब्युटिफुल म्यान’
+
-

काठमाडौँ– ‘दबङ्ग रिलोडेड टुर’को बारेमा जानकारी दिन काठमाडौँ आएका बलिउड अभिनेता सोहेल खानले संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेको तारिफ गरेका छन्।

खानले सोल्टीमा भएको कार्यक्रममा पर्यटन मन्त्री आलेसँग भएको भेटघाटलाई उल्लेख गर्दै भने, ‘हि इज अ ब्युटिफुल म्यान’।

सोल्टीमा कार्यक्रम सुरु हुनुभन्दा केही समय अगाडि मन्त्री आले सोहेल खानसँग भेटघाट गर्न आएका थिए। छोटो भेटघाटपछि बाहिर निस्किएका आलेसँगको कुराकानीको बारेमा सोहेलले बताएका हुन्।

‘मैले उनीसँग केही मिनेट मात्र बिताउन पाएँ, तर मलाई उनी पर्यटन क्षेत्रको लागि काम गर्ने उत्तम मानिसजस्तो लाग्यो,’ उनले मन्त्री आलेका बारेमा अगाडि तारिफ गर्दै भने, ‘उनी ‘जलिफूल’ मान्छे रहेछन्। उनीसँग यस क्षेत्रमा काम गर्ने सबै किसिमको गुण भएको पाएँ। उनीजस्तो स्वाभाव भएका मान्छेले नै हो नेपालाई विश्वमा चिनाउन सक्ने।’

खानले थपे, ‘आलेलाई व्यापार कसरी गर्ने भन्ने थाहा छ।’

आलेसँग भएको पाँच मिनेटको कुराकानीमा यो कार्यक्रमको तयारी र नेपालको पर्यटन क्षेत्रको बारेमा कुराकानी भएको खानले बताए। आलेले उक्त समयमा भविष्यमा कसरी साथ अगाडि बढ्न सकिन्छ भनेर पनि केही समय चर्चा गर्न भ्याएछन्।

खानले भने, ‘अब हाम्रो सम्बन्ध सुरु भयो।’

भारतका चर्चित अभिनेता सलमान खानले जेठको १४ गते दशरथ रंगशालामा कन्सर्ट ‘दबङ्ग रिलोडेड टुर’ गर्दैछन्। उनको उक्त भ्रमणबारे जानकारी दिनको लागि आयोजक ओडिसि इन्टरटेनमेन्टले सोल्टीमा कार्यक्रम गरेको थियो। यो कार्यक्रममा सलमान खानका भाई सोहेल खान उपस्थित थिए।

यो कार्यक्रमलाई आयोजना गर्न पर्यटनमन्त्री प्रेम आले सक्रिय रुपमा लागिरहेका छन्।

तस्बिरहरुः बर्षा शाह/देश सञ्चार।

यो पनि पढ्नुहोस्

सगरमाथा जसरी पनि हेरेरै फर्किने सोचमा सोहेल खान

सगरमाथा जसरी पनि हेरेरै फर्किने सोचमा सोहेल खान

‘दबंग टुर’का लागि सलमान खानको के छ सन्देश?

‘दबंग टुर’का लागि सलमान खानको के छ सन्देश?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?