११ हजार १ सय १४ रुपैयाँमा पशुपतिनाथ परिसरमा रुख रोपिदिने अभियान

११ हजार १ सय १४ रुपैयाँमा पशुपतिनाथ परिसरमा रुख रोपिदिने अभियान
+
-

काठमाडौं- पशुपती परिसरमा आफ्नो नाममा रुख रोप्ने मन छ? पशुपती क्षेत्र विकास कोषले ल्याएको योजनाले तपाईको इच्छा पुरा हुन सक्छ। कोषले ११ हजार १ सय १४ रुपैयाँमा पशुपतिनाथ परिसरमा रुख रोपिदिने स्किम ल्याएको छ।

‘रुख रोप्ने चाहना धेरैको हुन्छ तर रुख रोप्दैमा संरक्षण हुदैन पशुपती क्षेत्र विकास कोषले रुख लगाउने चाहना भएकालाई अवसर दिन कार्यक्रम ल्याएको कोषमा सदस्य सचिव प्रदिप ढकाल बताउँछन्।’

कोषले ५ वर्ष सम्म रुखको संरक्षण गर्दै हुर्काउने भएकाले ११ हजार १ सय १४ रुपैयाँ लिने योजना बनाएको उनको  भनाई छ।

उनले भने, ‘ठुला केजमा रुख रोप्दै संरक्षण गरिने हुदाँ ५ वर्ष सम्म रुखको संरक्षण हुन्छ।’  रुख रोप्न लगाउनेको तिन पुस्ते विवरण लेख्दै रुखको संरक्षण गरिने भएकाले रुख रोप्ने अभियानमा सहभागिता जनाउन  ढकाल सबैलाई आग्रह गर्छन।

‘बातावरण संरक्षणको विषय हो ढकालले भने, यो अभियानमा सबैलाई सहभागी हुन् आग्रह गर्छु।’

शनिबार एक कार्यक्रममा बिच लोट सल्ला र लाकुरीको रुख लगाउँदै संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले  अभियानको सुरुवात गरेका छन्।

अभियानको सुरुवात गर्दै अधिकारीले ५ हजार रुख रोप्ने सरकारको अभियान सफल पार्न निर्देशन दिए। उनले पशुपति परिसरमा व्यवस्थित डस्टबिन राख्दै पशुपति परिसरलाई आउँ आउँ लाग्ने ठाउँ बनाउन  आग्रह गरे।

देशै भरि बृक्षारोपण गर्ने सरकारी अभियान अन्तर्गत पशुपति क्षेत्र परिसरमा पनि बृक्षारोपण अभियान सुरु गरिएको हो।

पशुपति क्षेत्र विकास कोषले पशुपति परिसरमा ५ हजार रुख रोप्ने योजना बनाएको छ।

विश्व वातावरण दिवशको अवसर संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण देवकोटाले लुम्बिनीमा पनि ५ हजार रुख रोप्ने कार्यको सुरुवात गरेका थिए।

यसै गरि प्रधानमन्त्री केपी शर्मा ओलीले सिहंदरबार परिसरमा फलफुलमा रुख लगाउँदै रुख रोप्ने अभियानको सुरुवात गरेका थिए।

पशुपति परिसरमा भने पशुपति क्षेत्र विकास कोषले लप्सी, रुद्राक्ष लोट सल्ला, लाकुरी लगाएतमा बिरुवा रोप्ने योजना बलाएको छ।

५ हजार रुख रोप्ने योजना बनाएको पशुपति क्षेत्र बिकास कोषले शनिबार मात्रै २ सय ५० भन्दा बढि नयाँ रुख रोपिएको जनाएको छ।

रुख रोप्न चाहने सर्वसाधारणको संख्या ५ सय पुगेपछि वृक्षारोपणलाई थप व्यवस्थित तवरले अगाडि बढाउने कोषको योजना छ।

कोषका सदस्य सचिव ढकाल वातावरण संरक्षणका साथैं पशुपति परिसरमा हरियाली बनाउन वृक्षारोपणको अभियान सुरु गरिएको बताए।

बिभिन्न कारणले पशुपति परिसरमा रुखको सख्याँमा कमि आउँदा पशुपतिको सुन्दरतामा पनि कमि आएको छ, त्यसैले पशुपति परिसरलाई राम्रो पर्यटकीय र धार्मिक क्षेत्र बनाउन पनि वृक्षारोपण गर्न सुरु गरेको उनको भनाई छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’