
विष्णु तिवारी
बैशाख ३, २०७९

अ
+
अ
अ
-
नयाँ साल भनि कराउँछ फेरि
मुटु भित्र घाउ चहराउँछ फेरि।।
कामना बाँडेर मुखले फकायो
पल्टाउने हुनकी डराउँछ फेरि।।
पखपख भन्दै कपकप निल्ने
ककस्का हिस्सा हराउँछ फेरि।।
पोहोर चपाएका पचाएर छाडे
नयाँ वर्ष लाद्रो भराउँछ फेरि।।
दुई खुट्टे आफू अरु चारखुट्टे
ठानेर चरनमा चराउँछ फेरि।।
फालियो पात्रोको पुरानो पाना
नयाँले कस्तो के गराउँछ फेरि।।

