
बुटवल–राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको चुनाब चिन्हबारे जनतामा ज्ञान कम भएकाले सूर्य चिन्ह लिएर चुनाबमा जाने निणर्य गरेको बताएका छन्।
शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा अब राजसंस्थाको पुनस्थापनाको सम्भावना नरहेको बताउँदै राजतन्त्र र गणतन्त्रको अभ्यास जनताले बुझेकोले अब राजसंस्था पुनस्थापना नहुने बताए।
उनले राप्रपामा सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएपछि नयाँ पार्टी पुनर्जागृत गरेको बताए।
उनले आफू पार्टीमा रहेको १५ वर्षमा कमाएको आम्दानीमा अहिलेको राप्रपा रमाएको टिप्पणी गरे।
आफ्नो पार्टीको स्थापनाको दुई महिनाको छोटो अवधिमा ७७ जिल्लामा पार्टीगत संरचना निर्माण भएको बताउँदै उनले आधा दर्जन बढी भातृ संगठन निर्माण भएका बताए।