मनाङका ४३ विद्यार्थी एसइईमा सहभागी हुने

मनाङका ४३ विद्यार्थी एसइईमा सहभागी हुने
+
-

आउँदो शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

परीक्षामा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय मनाङका एकाइ प्रमुख मतिलाल चपाईंले बताए ।

उनका अनुसार लोकप्रिय माध्यमिक विद्यालय चामेबाट १४, प्रकाशज्योति मावि थोचेबाट १४, अन्नपूर्ण मावि मनाङबाट चार, भानु मावि तालबाट सात र लोकप्रिय मावि खुलाबाट चार जना परीक्षामा सहभागी हुनेछन् ।

जिल्लाको लोकप्रिय माविमा एउटा परीक्षा केन्द्र रहनेछ ।

जिल्लामा परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको एकाइ प्रमुख चपाईंले बताए ।

परीक्षा सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी र निरीक्षक राखिएको बताइएको छ ।

शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसइई सञ्चालन गर्न लागिएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?