स्विडेनमा कुरान जलाएपछि इरानले के भन्याे ?

स्विडेनमा कुरान जलाएपछि इरानले के भन्याे ?
+
-

स्वीडेनमा कुरान जलाएको घटनाप्रति इरानले कडा प्रतिक्रिया दिएको छ ।

इरानको विदेश मन्त्रालयले रमजानको पवित्र महिनामा कुरानप्रति गरिएकाे व्यवहार निन्दापूर्ण भएको भन्दै आलाेचना गरेकाे हाे ।

परराष्ट्र मन्त्रालयले यो घटना घृणा फैलाउने र वाक स्वतन्त्रताको हननको उदाहरण भएको बताएको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले भने, ‘एक चरमपन्थी जातीय तत्वले पवित्र कुरान जलाउने घटना प्रहरीको अगाडि भएको हो ।’

पवित्र रमजान महिनामा जानीजानी यस्ताे अपमानजनक घटना बारम्बार दोहोरिँदा स्विडेनलगायत विश्वका अन्य भागमा रहेका मुस्लिम समुदायको भावनामा चोट पुगेको प्रवक्ता खातिबजादेहले बताए ।

उनले सँगै बस्न र धर्मबीचको संवादमा विश्वास गर्ने विश्वभरका मानिसले यसको आलोचना गर्नुपर्नेमा समेत जाेड दिएका छन् ।

यसैगरी, प्रवक्ता खातिबजादेहले यसका लागि स्विडेनी सरकारलाई जिम्मेवार ठहर गर्दै तत्काल कारबाही गर्न माग गरेका छन् ।

स्वीडेनमा एक चरम दक्षिणपन्थी पार्टीले मुस्लिम बाहुल्य क्षेत्रमा कुरान जलाउने प्रयास गरेको थियाे।

प्रहरीको उपस्थितिमा दक्षिणी सहर लिंकोपिङमा अति दक्षिणपन्थी नेता रासमुस पालुदानले कुरान जलाउने प्रयास गरेका हुन् । त्यसपछि यस पार्टीका कार्यकर्ता र स्थानीयबीच झडपसमेत भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?