नेकपाले ७३ वर्षकाे अन्तरालमा देशभित्र आमूल परिवर्तन गरेकाे छ : प्रचण्ड

नेकपाले ७३ वर्षकाे अन्तरालमा देशभित्र आमूल परिवर्तन गरेकाे छ : प्रचण्ड
+
-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनकाे जन्मजयन्तीको अवसर पारेर स्थापना गरिएको नेकपाले ७३ वर्षकाे अन्तरालमा देशभित्र आमूल परिवर्तन गरेकाे बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन्।

उनले स्थापना दिवसकाे अवसरमा शुभकामना दिँदै जनयुद्ध, ऐतिहासिक जनआन्दोलनमा जीवनकाे बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्, ‘आजको दिन देशभित्रका कम्युनिस्ट क्रान्तिकारीहरूका लागि मात्र नभएर विश्वभरिकै सर्वहारा एवं श्रमजीवी वर्गका निम्ति गौरवको दिन हो। रूसी क्रान्तिका नायक लेनिनको जन्मजयन्तीको अवसर पारेर स्थापना गरिएको नेकपाले ७३ वर्षको अन्तरालमा देशभित्र आमूल परिवर्तनको नेतृत्व गरेको छ।’

उनले देश समाजवादी क्रान्तिकाे पूर्वसन्ध्यामा रहेकाे पनि जिकिर गरे।

‘कम्युनिस्ट क्रान्तिकारीहरूको अगुवाइ र लोकतान्त्रिक शक्तिहरूको हिस्सेदारीमा पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशेषता र मौलिकतासहित सम्पन्न भएको छ, देश सामाजिक न्यायमा आधारित समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको पूर्वसन्ध्यामा छ। यो हामी सबै नेपालीहरूका लागि गौरवको कुरा हो’, सन्देशमा उल्लेख गरिएकाे छ।

अध्यक्ष प्रचण्डले प्रतिगमनकाे खतरा पूर्ण रूपमा अन्त्य नभएकाे पनि बताए।

‘शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार गर्‍यो। वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो। तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन’, सन्देशमा भनिएकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?