
काठमाडौँ- साताको पहिलो कारोबार दिन आज आइतबार सुनकाे मूल्य घटेकाे छ।
प्रति ताेलामा ४ सय रुपैयाँले घटी एक लाख ५ सयमा काराेबार भइरहेकाे नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
अघिल्लो दिन प्रतितोला एक लाख ९ सयमा कारोबार भएकाे थियाे।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ तोकिएको छ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३६० रुपौयाँ कायम रहेको महासङ्घले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३१ डलर आसपास कारोबार भइरहेको छ ।