
बुटवल– बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले उमेदवारी दर्ता गरेको छ ।
उमेदवारी दर्ता गर्न कांग्रेस प्रदेश सभापति अमर पुनको नेतृत्वमा उमेदवार खेलराज पाण्डेसहितको टोली उपमहानगरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन् ।
कांग्रेसले माओवादी, एकीकृत समाजवादीसँगको गठबन्धनमा उमेदवारी दर्ता गरेको हो । उपप्रमुखमा एकीकृत समाजवादीका चिनबहादुर गुरूङले केहीबेरमा उमेदवारी दिनेछन् ।