
काठमाडौँ – पूर्वी क्षेत्रको मौसम सोमबार सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मध्य तथा पश्चिम क्षेत्रमा भने आंशिक बदलीको अवस्था रहने मौसमविद समिर श्रेष्ठले जानकारी दिएका छन् ।
काठमाडौँ उपत्यकामा बिहानै देखि घाम लागेको भए पनि दिउँसोदेखि आंशिक बदली हुने सम्भावना रहेको मौसमविदको भनाई छ । मनसुनी जलवाष्पयुक्त हावा पूर्वमा केन्द्रित भएकाले पूर्वी क्षेत्रमा बढी बदली हुने देखिएको हो ।
जलवाष्पयुक्त हावा केही दिनमा बिस्तारै मध्य हुँदै पश्चिम क्षेत्रसम्म पुग्ने मौसमविद श्रेष्ठले बताए । पूर्वी क्षेत्रमा सोमबार सामान्यदेखि मध्यम स्तरमा पानी पर्ने सम्भावना छ । मध्य तथा पश्चिम क्षेत्रमा भने पूर्वमा भन्दा तुलनात्मक रुपमा पानी कम पर्नेछ ।