अत्याधिक गर्मीले महोत्तरीमा धान रोप्न गएकी महिलाको मृत्यु, दुईजना बेहोस

+
-

महोत्तरी – महोत्तरीको गौशालामा अध्याधिक गर्मीले गर्दा एकजनाको मृत्यु भएको छ । यस्तै अरु दुईजना बेहोस भएका छन् ।

गर्मीका कारण जिल्लाका गौशाला नगरपालिका—८ बेलगाछी घरभएकी अन्दाजी ३५ वर्षकी शिकिल देवी सादा मुसहरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले जनाएका छन् ।

यस्तै, ५५ वर्षकी सुनर देवी सादा मुसहर र २५ वर्षकी किसुन देवी सादा मुसहर बेहोस् भएर अस्पताल भर्ना भएका छन् । सुनर देवी मृतककी सासु हुन् भने किसुन देवी छिमेकी हुन् ।

आइतबार बिहानै गरिब परिवारकी सुनर देवी महिलाको समूहमा धान रोप्न गाउँकै उमेश महतोको खेतमा पुगेका थिए । धान रोप्ने क्रममा गर्मीले गर्दा सुनर देवी र छिमेकी किसुन देवी बेहोस भएपछि उक्त खबर पुर्‍याउन चर्को घाममै दगुरेर शिकिल देवी घर गएको र घरबाट फेरि खेत तिर फर्कन लागेको बेला उनी बाटोमै बेहोस भएकी थिइन् । पछि उनको मृत्यु भएको हो ।

मृतकको शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । यता, बेहोस भएका दुवैजनाको गौशाला स्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको उपचारमा संलग्न रहेको डाक्टर मनोज दासले जनाएका छन् ।

पाँच जना सन्तानकी आमा शिकिलको कान्छो छोरा मात्र ६ महिनाको छ । उनका श्रीमान रघुनाथ सादा रोजगारीको लागि शनिवार मात्रै भारतको पञ्जाव गएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?