काका गाउँको के छ हालखबर ?
यत्ति थियो मेरो प्रश्न।
….
काका भन्नुहुन्छ-
आरनबाट भर्खर
हँसिया उधाएर
एक भारी दूधिलो काट्न हिँडेको
पल्लाघरे दिनानाथ
दलालको सहारामा
दलबलसहित
दुल्लुबाट दुबई गएको अस्तिजस्तै
‘दिने’ जस्ताको रेमिट्यान्स लि
नाभीमा डल्लिएका किर्ना
र,
झोले जुकाहरू भएको गाउँको
के खबर सोध्छस् कान्छा ?
मनभित्र दन्किरहेको छ- आक्रोशको
पेटभित्र छड्किरहेको छ- भोकको क
कसले देख्छ र कान्छा ‘दिने’को द
सम्झिँदै आफै उध्याउन मन लाग्छ-यो
काका भन्दै जानुहुन्छ-
अनि सुन्-
दारको ठेकीमा अलिकति
दही जमाएकी थिई कान्छीले
गाईको गोठपछाडि दुईजोडी
स्याखिने पालेकी थिई कान्छीले
ठेकी नै चोरेर दौडेको थियो बेना
च्याँखुरा काखीमा च्यापेर भागे
सुन्छु-
त्यही कुचो (कुखुरा चोर) बतासे
‘अदक्षे’मा उठेको छ रे !
कानै पाकिसक्यो छेपारे भाकाले
हेरौँ कसरी जित्छ बतासे डाँकाले
संक्षिप्त प्रश्नको
बुझिने गरी लामो उत्तर यही थियो
बुड्ग धुलो उडाउँदै
ममाथि कर्के नजर थियो बञ्जर पा
ममाथि कर्के नजर थियो बञ्जर पा
वैशाख १३, २०२२
हात्तीवन, ललितपुर ।