गाउँपालिका अध्यक्षका उम्मेदवार नै ठेक्कापट्टामा संलग्न रहेको उजुरी दर्ता

गाउँपालिका अध्यक्षका उम्मेदवार नै ठेक्कापट्टामा संलग्न रहेको उजुरी दर्ता
+
-

काठमाडौँ– सिन्धुलीको तीनपाटन गाउँपालिकाका अध्यक्षका उम्मेदवार निर्वतमान अध्यक्ष कृष्ण बहादुर थापाविरुद्ध ठेक्का पट्टामा संलग्न हुँदै उम्मेदवारी दिएको भन्दै उजुरी परेको छ।

उनले आफैले आफ्नो निर्माण कम्पनीका लागि गाउँपालिकाको कोषबाट रकम भुक्तानी दिने गरेको भन्दै प्रतिस्पर्धि छत्र दाहालले उजुरी दर्ता गरेको उक्त गाउँपालिकाका निर्वाचन अधिकृत पुष्पराज कटुवालले बताए।

नेपाली कांग्रेसबाट वडाको वडाध्यक्षमा उम्मेदवारी दिएका थापाविरुद्ध नेकपा एमालेबाट वडाध्यक्षकै प्रतिस्पर्धि छत्र दाहालले उजुरी दिएका हुन्। थापाविरुद्ध वेरुजु फर्स्यौट नगरेको तथा आफ्नै गाउँपालिकामा ठेक्का पट्टामा संलग्न रहेको उजुरी परेको हो।

निर्वाचन अधिकृत कटुवालका अनुसार वडा अध्यक्षमा नेकपा कम्युनिष्ट मार्क्सवादी (पुष्पलाल) र जसपासहित चार जनाको उम्मेदवारी दर्ता भएको छ।

‘उजुरी माथि छानविन गरी दावी सही ठहर भए कानुनी कारर्वाही अगाडि बढाउँछौँ,’ निर्वाचन अधिकृत कटुवालले देशसञ्चारसँग भने।

आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा उम्मेदवारले बेरुजु फर्स्यौट गर्नुपर्ने तथा आफ्नै पालिकामा ठेक्कापट्टा गरेमा पनि भुक्तानी वा योजना बाँकी रहेमा उम्मेदवार हुन नपाउने स्पष्ट उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?