गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अपरेशन फ्लाइट’का लागि उड्यो निगमको वाइडबडी विमान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अपरेशन फ्लाइट’का लागि उड्यो निगमको वाइडबडी विमान
+
-

काठमाडौँराष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ए-३३० वाइडबडी विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अपरेशन फ्लाइट’का लागि सो विमान उडेको हो।

दिउँसो ३ बजे उड्ने भनिएको वाइडबडी दुई घण्टा ढिला गरी ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हो।

विमान संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारी तथा पत्रकारलगायत गरी करिब २६० जना यात्रु बोकेर उडेको हो। जहाजको सिट क्षमता २ सय ७४ रहेको छ।

जहाज करिब २७ मिनेटको उडानपश्चात गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने बताइएको छ।

विमानस्थल सञ्चालनका लागि योग्य भएको सन्देश प्रवाह गर्न यस्तो उडान गर्न लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रेवतले बताएका छन्।

विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आह्वान गर्नु अगाडि यस्तो उडान गरिएको हो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेबाट व्यवसायिक उडान सुरु हुँदैछ। पहिलो उडान कुवेतको जजिरा एयरवेजले गर्दैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?