किस्टमा आन्दोलन चर्कियो: प्रसूति पनि फर्काइए

किस्टमा आन्दोलन चर्कियो: प्रसूति पनि फर्काइए
+
-

ललितपुर- इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल आन्दोलनग्रस्त बनेपछि प्रशव पीडासहित प्रसूति सेवा लिन पुगेका महिलालाई समेत अन्यत्र फर्काउन थालिएको छ।

मंगलबार प्रशव पीडामा अस्पताल पुगेकी एक महिलालाई त्यहाँ प्रसूति सेवाउपलब्धनहुने भन्दै थापाथलीस्थित प्रसूति गृह र एक महिलालाई पाटन अस्पतालतर्फ पठाइएको छ।

सेवा सुविधा वृद्धिको माग गर्दै अस्पतालका झण्डै तीन सय कर्मचारी आन्दोलनमा होमिएको मंगलबार १३ दिनपुगेको छ।

आन्दोलनकाकारण ओपीडी सेवा त ठप्प छ नै आकास्मिक कक्षमा पनि चोटपटकको बाहेकको उपचार भएको छैन।

आन्दोलनवार्ता समितिको सदस्य सुष्मा कट्टेल घिमिरेले आफूहरुको माग सम्बोधनमा अस्पताल व्यवस्थापन पक्षले बेवास्ता गर्दा बिरामीलाई ठूलो मर्का परेको बताइन्।

किस्ट मेडिकल कलेज

सेवा सुविधा वृद्धिको माग गर्दै आ्नदोलन चर्काएपछि सुनसान बनेको किस्ट अस्पताल। तस्बिर-देश सञ्‍चार

उनका अनुसार आकस्मिक कक्षमा कार्यरत कर्मचारीले समेत आफूहरुमाथि श्रम शोषण गरेको भन्‍दै  काम गर्न छोडेका छन्।

अस्पतालमा हरेक दिन बिरामी फर्किदा र आन्दोलनले कलेजकै छवीको नकारात्मक बनाउँदा पनि अस्पताल व्यवस्थापन पक्षले आन्दोलन टुंगाउन अग्रसरता देखाएको छैन।

अस्पतालका प्रशासन प्रमुख अक्षय गौतम लगायत पदाधिकारी सम्पर्क बाहिर छन्।

लामो समयदेखि अस्पताल आन्दोलनको अखडा बन्दा र बिरामीले सेवा नपाउँदा पनि सरोकारवाला निकाय स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिल मौन छन्।

यो पनि हेर्नुहोस्:

अन्योलमा किस्ट मेडिकल कलेज (भिडियो)

किस्ट अस्पतालका कर्मचारी आन्दोलनमा, सेवा प्रभावित

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?