
काठमाडौँ – आज सोमबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार दुई सय कायम भएको छ।
आइतबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
सोमबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ।
आइतबार एक हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार दुई सय ९० रुपैयाँमा निर्धारण भएको छ।