यातायात व्यवस्था कार्यालयमा सेवा लिन अवरोध गर्ने १० जना पक्राउ

यातायात व्यवस्था कार्यालयमा सेवा लिन अवरोध गर्ने १० जना पक्राउ
+
-

काठमाडौँ- यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गर्ने १० जनालाई प्रहरीले प्रकाउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-१४ तिखिदेवल घर  भएका ३४ बर्षीय सुजन बुढाथोकी, दोलखा गाउँपालिका-७ घर भई हाल ललितपुर महानगरपालिका-१४बस्दै आएका ३४ बर्षीय विवेक थापा, धनुषा वटेश्वर घर भई हाल ललितपुर महानगरपालिका-१० वस्ने ३५ बर्षीय दुनिया बहादुर राउत, काभ्रे महाभारत गाउपालिका-५ घर भइ हाल ललितपुर महानगरपालिका-१ इमाडोल बस्दै आएका २२ बर्षीय विशाल तामाङ, ललितपुर महानगरपालिका-१४ बाडेगाउ स्थाई घर भएका ३९ बर्षीय सुनिल बज्रचार्य, ललितपुर महानगरपालिका-१० घर भएका ३६ बर्षीय महेश सुवेदी रहेका छन्।

त्यस्तै रामेछाप-७ लखनपुर घर भई हाल ललितपुर महानगरपालिका-१५ भैसेपाटी बस्दै आएका २६ बर्षीय शिव दर्जी, एकान्तकुना बस्ने २६ बर्षीय राजेश सुनुवार, वारा निजगढ नगरपालिका घर भई हाल ललितपुर महानगरपालिका-१३ बस्दै आएका २४ बर्षीय रोशन घिमिरे र काभ्रे शिखर अंबोटे-१ स्थाई घर भई हाल ललितपुर महानगरपालिका-२१ बस्दै आएका ३३ बर्षीय कमल लामा रहेको प्रहरीले जनाएको छ।

लामो समय देखि ललितपुर महानगरपालिका-१३ एकान्तकुना  स्थित रहेको यातायात ब्यवस्था कार्यालय, वाग्मतिको कार्यालय परिसर तथा वाहिर समेत अनाधिकृत रुपमा मानिसहरु भेला जम्मा भई कार्यालयमा आफ्नो ब्यक्तिगतकामको लागि आउने सेवाग्राहीहरुलाई अनावश्यक रुपमा झन्झटमा पार्ने गर्दै आएका थिए। उक्त व्यक्तिहरुले कार्यालयको काममा समेत वाधा अवरोध पुर्‍याउने,सेवा लिन अबरोध गर्ने,अभद्र व्यवहार गर्ने जस्ता कार्य गर्दै आएको प्रहरीले जनाएको छ।

कार्यालय वरपर सार्वजनिक सडक वाटोमा हुल भई वसी सर्वसाधारण मानिसहरुलाई कार्यालयबाट प्राप्त गर्ने सेवाहरु प्राप्त गर्न अवरोध गर्ने तथा अभद्र व्यवहार गरेको भन्दै प्रहरीले उनीहरुलाई प्रकाउ गरेको हो।  उनीहरुलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयबाट हिरासतमा राख्ने  अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?