काभ्रे दुर्घटना अपडेट : एक बालकसँगै मृतक पाँचै जनाको पहिचान खुल्यो

काभ्रे दुर्घटना अपडेट : एक बालकसँगै मृतक पाँचै जनाको पहिचान खुल्यो
+
-

काठमाडौँ- काठमाडौँबाट भारततर्फ जाँदै गरेको तीर्थयात्रु बोकेको यात्रुवाहक बस र टाटासुमो एक आपसमा ठोकिँदा मृत्यु भएका पाँच जनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा सिन्धुलीको कमलामाई नगरपालिका ६ रामपुरका ३० बर्षीय बिक्रम श्रेष्ठ, सिन्धुलीको कमलामाई नगरपालिका ४ का ४५ बर्षीय हरि बहादुर बल, रामेछाप खाडादेवी गाउँपालिका ३ की ३० बर्षीय सम्झना भुसाल, उनका ६ बर्षीय छोरा संगीत भुसाल र सुनकोशी गाउँपालिका १ सिन्धुलीका ४४ बर्षीया प्रमिला नेपाली रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी हरि खतिवडाले बताएका छन्।

मृत्यु हुनेमा सुमोका चालक समेत रहेको उनले बताएका छन्। दुर्घटनामा परी १८ जना घाइते भएका छन्। जसमध्ये १२ जना सामान्य घाइते, ४ जना मध्यम र १ जना गम्भीर रहेको उनले बताएका छन्।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौँबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी५८ टी ८१८१ नम्बरको यात्रुबहाक मिनीबस र ना १ ज ४२१० नम्बरको टाटासुमो एकापसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?