काठमाडौं- सवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई सिफारिस गरेको छ।
चार वर्ष अगाडि सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्त भएका जोशीलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।
प्रधानन्यायाधीशबाट गोपाल पराजुलीको बहिर्गमनपछि गत चैत १ गतेबाट जोशीले कामु प्रधानन्यायाधिको जिम्मेवारी समाल्दै आएका थिए।
न्याय परिषद्ले सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीशको अग्र स्थानमा रहेका जोशी, ओम प्रकाश मिश्र र चोलेन्द्र शमशेर राणालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि रोष्टर पठाएको थियो।
सवैधानिक परिषद्ले यसअघिको परम्परा बमोजिम नै सर्वोच्च अदालतका न्यायाधीश मध्ये रोल क्रमको पहिलो स्थानमा रहेका जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।
सर्वोच्च अदालतका प्रधानन्यायाधीशको पदावधी ६ वर्ष हुने भएपनि जोशीले ६५ वर्षै उमेरहदका कारण २०७६ असोज २३ गते अवकास पाउने छन्।
हाल सर्वोच्चका वरिष्ठ न्यायाधीश रहेका मिश्रले उमेर उमेरहदका कारण आगामी पुष १६ गते अवकास पाउने हुँदा मिश्रको अवकासपछि राणा दोस्रो वरियतामा रहने छन्। जोशीको अवकाशपछि सर्वोच्चको प्रधानन्यायाधीशको रोलक्रममा राणा पहिलो नम्बरमा हुनेछन्। राणाको पैषठ्ठि वर्ष २०७९ मंसिर १२ गते पुग्ने हुदाँ उनि करिब तीन वर्ष प्रधानन्यायाधीश हुने सक्नेछन्।
सविधानको धारा २८४ को उपधारा ३ मा प्रधानन्यायाधीशको पद रिक्त हुनु भन्दा एक महिना अगाडी नै प्रधानन्यायाधीश नियुक्तिका लागी सिफारिस गर्नु पर्ने सवैधानिक प्रावधान भए पनि सरकारले संसदीय सुनुवाई समिति नहुँदा प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ भइरहेको बताउँदै आएको थियो।
प्रधानन्यायाधीशबाट अवकाश हुने पुर्वनिर्धारित समयभन्दा डेढ महिना अगाडि न्याय सेवा परिषद्ले साउन २१ मै उमेरहदका कारण अवकाश पाउनु पर्ने पत्रलेखेपछि गोपाल पराजुलीले चैत १ पदबाट राजीनामा दिएका थिए।
गत शुक्रवार प्रतिनिधिसभाको कार्यसञ्चालन नियमावली पारित भएपछि संसदीय सुनुवाई समिति गठनको बाटो खुलेको थियो।
सवैधानिक प्रावधान अनुसार संसदीय सुनुवाईपछि जोशीलाई राष्ट्रपतिले प्रधानन्यायाधीशमा नियुक्त गर्ने छिन्। जोशी सर्वोच्च अदालतको २८ औं प्रधानन्यायाधीश हुनेछन्।
२०४८ साल कात्तिक १८ गते तत्कालिन पुनरावेदन अदालत जनकपुरबाट न्यायाधीशको करियर सुरु गरेका जोशी २०७१ जेठमा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































