
एजेन्सी – घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाउदै इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा इम्पोलीलाई ४-२ अन्तरले पराजित गरेको छ।
शुक्रबार रातिको पुनरागमन जितसहित इन्टर शीर्षस्थानमा उक्लदै उपाधि दाबेदारी बलियो बनाएको छ।
इन्टरको जितमा लोउटारो मार्टिनेजले दुई गोल तथा एलेक्सिस साञ्चेजले एक गोल गर्दा एक गोल उपहार पाएको थियो।
इम्पोलीका एन्ड्रिया पिनामोन्टी र क्रिस्टजन एस्लानीले गोल गरे। जितसँगै इन्टरको ३६ खेलबाट ७८ अंक छ। एक खेल कम खेलेको एसी मिलानको ७७ अंक छ। पराजित इम्पोली ३७ अंक जोडेर १४औं स्थानमा छ।
अर्को खेलमा युभेन्ट्सले सुरुवाती अग्रता जोगाउन नसक्दा जेनोयासंग २(१ अन्तरले पराजित भयो। खेलको ४८ मिनेटमा पाउलो ड्यबलाले गोल गर्दै भ्रमणकारी टोली युभेन्ट्सलाई अग्रता दिलाएका थिए।