
बुटवल -गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर २ र ३ को वडाअध्यक्षमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन्।
२ मा हिराबहादुर थापा र ३ मा बाबुराम खत्री निर्वाचित भएका हुन्। थापाले ४८२ मत ल्याएका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका हिमाल कुँवरले ३९० मत ल्याएर पराजित भए।
वडा नम्बर-३ मा नेपाली कांग्रेसका बाबुराम खत्री वडाअध्यक्षमा निर्वाचित भएका छन्। खत्रीले ५९० मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका मानबहादुर घर्तीले ५४८ मत ल्याएर पराजित भए।
नगरप्रमुखमा नेपाली कांग्रेसका खिलध्वज पन्थीको अग्रता छ। पन्थीले एक हजार ८२९ मतसहित अग्रता लिएका छन्। उनलाई नेकपा एमालेका उमेदवार राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्।