
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार बालेन शाहले अग्रता कायमै गरिरहेका छन्।
उनले अहिलेसम्म २ हजार ८ सय २० मत प्राप्त गरेका छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ५ सय ७ मत पाएका छन्। बालेन र स्थापितबीच १ हजार ३ सय १३ मतको अन्तर रहेको छ।
यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले अहिलेसम्म १४ सय ४९ मत प्राप्त गरेकी छन्।
केशव स्थापित र सिंहबीच जम्मा ५८ मत अन्तर रहेको छ।