
काठमाडौँ – भरतपुर महानगरपालिकाको मेयरमा प्रतिस्पर्धी विजय सुवेदीलाई ७० मतले पछि पार्दै रेनु दाहालले अग्रता कायमै राखेकी छन् ।
महानगरपालिको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार ४ हजार ४ सय २३ मत गन्दा रेनुले १ हजार ६ सय ११ मत ल्याएकी छन् ।
विजयले १ हजार ५ सय ४१ मत ल्याएर रेनुलाई पछइरहेका छन् । मेयरमा उठेका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५३७ मत ल्याएका छन् ।