
काठमाडौँ – भक्तपुर नगरपालिकामा पुरानै प्रमुख दोहोरिएका छन्। भक्तपुर नगरपालिकामा नेपाल मजदुर किशान पार्टीका तर्फबाट सुनिल प्रजापति प्रमुख र सोही पार्टीबाट रजनी जोशी उपमेयरमा उठेका थिए।
२९ हजार २ सय ५२ मतका साथ सुनिल प्रजापति भक्तपुर नगरपालिकाका मेयरमा निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले भारी मत अन्तरका साथ ३४ सय ७ मात्रै मत प्राप्त गरेका छन्।
यस्तै, उपमेयर उम्मेदवार रजनी जोशीले २९ हजार ७ सय ५९ मत प्राप्त गरेकी छन्। उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खर्बुजाले २९ सय ८८ मत प्राप्त गरेकी छन्।