
अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाएका छन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ४ हजार ७ सय ७८ मतान्तरले अग्रता कायम गरेका हुन्।
यो समाचार तयार पार्दासम्म एमाले उम्मेदवार स्थापितले ५ हजार ४ सय ५३ मत ल्याउँदा साहले १० हजार २सय ४१ मत ल्याएका छन्।
यस्तै, सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी सिर्जना सिंहले ४ हजार ७ सय ४२ मत ल्याएकी छन्। उनी र एमालेका स्थापितबीच ७ सय ११ मतको अन्तर छ।