
देश सञ्चार
जेठ ३, २०७९

अ
+
अ
अ
-
काठमाडौँ – आज संघीय संसद् अन्तर्गत प्रतिनिधि र राष्ट्रिय दुवै सदनको बैठक बस्दैछ।
बैठक आज मंगलबार अपरान्ह ४ बजे बस्नेछ।
बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटको बारेमा छलफल हुनेछ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल हुने कार्यसूचि रहेको छ।

