
काठमाडाैँ- भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ
पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले छ हजार २०७ मतका साथ अग्रता लिएकी हुन्।
नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले छ हजार ११५ मतका साथ उनलाई पच्छ्याइरहेका छन्। त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २२ मत प्राप्त गरेका छन्।
यसैगरी, उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले सात हजार ५५८ र राप्रपाका हिमला गुरुङले पाँच हजार १० मत प्राप्त गरेका छन्।
भरतपुर महानगरपालिका-५ को एक हजार ३१७ मत गणना हुँदा वडाध्यक्षमा गठबन्धनका युद्धप्रसाद श्रेष्ठले ५७८ मत र नेकपा एमालेका पदमपाणि सुवेदीले ५७२ मत प्राप्त गरेका छन्।
यसअघि महानगरको वडा नं १, २ र ४ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा नेकपा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन्।
भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ। यस्तै, जिल्लाको माडी र इच्छाकामना बाहेकका चार पालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायमै छ।