बागबजारमा फेला परेका दुई नाबालिका आमाको जिम्मा लगाइयो

बागबजारमा फेला परेका दुई नाबालिका आमाको जिम्मा लगाइयो
+
-

काठमाडौँ – काठमाडौँको बागबजारस्थित सडकमा बेवारीसे अवस्थामा फेला परेका दुई नाबालिकालाई प्रहरीले आमाको जिम्मा लगाएको छ।

बागबजारस्थित सडकमा सोमबार बिहान ७:३० बजे फेला परेका वर्ष ८ र वर्ष ६ की नाबालिकालाई  प्रहरीले आमाको जिम्मा लगाएको महानगरीय प्रहरी प्ररिसर टेकुका प्रवक्ता एसपी दिनेश राज मैनालीले जानकारी दिए।

ती दुई नाबालिका फेला पारी प्रहरी वृत्त सिंहदरबार पठाइएको थियो। फेला परेपश्चात उनीहरुबारे थप सोधपुछ गर्दा श्री माध्यमिक विद्यालय रसुवा धुञ्चेमा अध्ययन गर्ने र हाल ललितपुर भैंसेपाटी बस्ने गरेको भन्ने खुल्न आएको थियो।

उनका अनुसार त्यसपछि प्रहरीले जिल्ला प्रहरी कार्यालय रसुवा र जिल्ला प्रहरी परिसर ललितपुरसँग समन्वय गरी परिवारबारे खोजतलास गरेको थियो।

खोजतलासकै क्रममा श्री माध्यमिक विद्यालय रसुवा धुञ्चेका शिक्षिका सुजता घलेसँग सम्पर्क भएको र निज नाबालिकाका बुबा खोटाङ रावाबेशी गाउँपालिका-३ घर भएका प्रेम राईसमेत सोही विद्यालयको शिक्षक रहेको खुलेको थियो। प्रहरीले उनीहरुको पारिवारबारे जानकारी लिएपछि आमा सम्झना राईलाई प्रहरी परिसर सिंहदरबारमा झिकाइ नाबालिकको जिम्मा लगाएको हो।

प्रहरीले आपराधिक तत्वहरुबाट बालबालिकाहरुको चोरी गरी निजहरुको अंगभंग गरिन सक्ने, निजहरुलाई आपराधिक तथा गलत क्रियाकलापमा संलग्न गराउन सक्ने सम्भावनालाईसमेत नकार्न नसकिने बताएको छ।

त्यसैले उनीहरुको लालनपालन तथा उचित रेखदेख अविभावकको जिम्मामा हुने हुँदा आ-आफ्ना बालबालिकाको उचित रेखदेख गर्न पनि प्रहरीले अनुरोध गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?