बालेनको हारजितमा २८ किलोको खसी बाजी राख्ने दुई युवक तारिखमा छुटे

बालेनको हारजितमा २८ किलोको खसी बाजी राख्ने दुई युवक तारिखमा छुटे
+
-

काठमाडौं। काठमाडौं माहानगरका स्वतन्त्रतर्काफबाट मेयर पदका  उम्मेदवार बालेन शाहको हारजितमा बाजी राखेको बिषयमा पक्राउ परेका दुई युवक तारिखमा छुटेका छन्।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्कालाई खोटाङ प्रहरीले सोमबार पक्राउ गरेको थियो। उनीहरुलाई प्रहरीले मंगलबार तारेखमा छाडेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताएका छन्।

उनका अनुसार उनीहरुले बालेन शाहको जित हारको पक्ष बिपक्ष लिदै २८ केजी बराबरको खसी सट्टेबाजी गरेका थिए। ती दुई युवाहरुले अन्य तीन जनालाई समेत रोहबर राखेर लिखित बाजी गरेका हुन्।

यसरी शाहको हार जितको पक्ष विपक्षमा गरीएको सो कागज सामाजिक सञ्जालमा भाइरल समेत बनेको छ।

उक्त कागजमा विजय फुयाल र रमेश खड्काले बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राखेको स्पष्ट उल्लेख गरीएको छ।

कागज अनुसार विजय ‘बालेनले जित्छ’ भन्ने पक्षमा छन् भने रमेश ‘हार्छ’ भन्ने पक्षमा छन् ।

बालेनले जितेमा रमेशले विजयलाई २८ किलोको खसी दिने र बालेनले हारेमा विजयले रमेशलाई २८ केजीको खसीको मासु बराबरको रकम दिने कागजमा उल्लेख छ ।

सट्टाबाजीको कागज सामाजिक सञ्जालमा भाइरल भएपछि खोटाङ प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

नियन्त्रणमा लिइएको उनीहरुलाई अनुसन्धान गर्दा कसैलाई हानी नोक्सानी गर्ने किसिमले सट्टेबाजी नगरीएको पाइएपछि तारिखमा छोडिएको डिएसपि लम्सालले बताएका छन्।

‘गाँघरमा भएकोले हामीले पहिलो चोटि सम्झाइ बुझाइ उनीहरुलाई छाडेका छौं।’ उनी भन्छन्, ‘एउटा सामान्य खसीको विषय थियो त्यसैले पनि हामीले एकचोटिलाई सम्झाइ बुझाए छोडेका हौं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?