
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बोलन शाहले ७ हजार ४ सय ७९को मतले अग्रता लिएका छन्।
अहिले सम्मको मत परिणाम अनुसार बालेनको १५ हजार ९ सय ६ मत रहेको छ। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ४ सय २७ मत ल्याएका छन्।
यस्तै, सत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेकी उम्मेदवार सिर्जना सिंहको ७ हजार ५ सय १२ मत ल्याएकी छन्।
उनी र स्थापितबीच ९१५ मत अन्तर रहेको छ भने सिर्जना र बालेनबीच ८ हजार ३ सय ९४ मत अन्तर रहेको छ।
यस्तै, महानगरपालिकामा हालसम्म ४० हजार ७२४ मत गणना भइसकेको छ। जसमा १,२,३,४,५,६, ७, २९, ३०, ३१ र ३२ वडामा गणना भइरहेको छ।