
काठमाडाैँ- काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बोलन शाहले अग्रता कायमै राखेका छन्।
बालेनले १६ हजार ५ सय ७९ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार ५ सय ७३ मत ल्याएका छन्।
दुवैबीच ८ हजार ६ मतान्तर रहेकाे छ।
यस्तै, सत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ७ सय ८ मत ल्याएकी छन्। उनी र स्थापितबीच ८६५ मत अन्तर रहेको छ ।
यसैगरी, बालेन र सिर्जनाबीच ८ हजार ८ सय ७१ मत अन्तर रहेकाे छ।
महानगरपालिकामा हालसम्म ४२ हजार २६९ मत गणना भइसकेको छ। जसमा १,२,३,४,५,६, ७, २८, २९, ३०, ३१ र ३२ वडामा गणना भइरहेको छ।