
अ
+
अ
अ
-
काठमाडौँ – पर्वतको बिहादी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका परविन गुरुङ विजयी भएका छन्।
सत्ता गठबन्धन तर्फबाट उम्मेदवारी दिएका उनी नेकपा एमालेका ओम कुँवरलाई पराजित गर्दै गाउँपालिका अध्यक्ष पदमा विजयी भएका हुन्।
अध्यक्षमा विजयी कांग्रेसका गुरुङले ३ हजार ४६९ मत प्राप्त गरेका छन् भने एमालेका कुँवरले २ हजार ९३७ मत प्राप्त गरेका छन्।
यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी मिना तिवारी निर्वाचित भएकी छन्।
तिवारीले ३ हजार २२७ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फकै माओवादी केन्द्रका सन्तबहादुर गुरुङले ३ हजार ५० मत ल्याएका छन्।