
अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँ महानगरपालिकामा हालसम्म ५५ हजार ७९२ मत गन्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले २१ हजार ३२४ मत ल्याएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार २१६ मत ल्याएका छन्।
स्वतन्त्र उम्मेदवार बालेनले एमाले उम्मेदवार स्थापित भन्दा १० हजार १०८ मत बढी ल्याएर अग्रता कायम गरेका छन्।
त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ३६२ मत ल्याएकी छन्।
कांग्रेसकी सिंह एमालेका स्थापित भन्दा ८ सय ५४ मत अगाडि छन्।