भरतपुर अपडेट : रेनु दाहालले लिइन् तीन हजार बढीको अग्रता

भरतपुर अपडेट : रेनु दाहालले लिइन् तीन हजार बढीको अग्रता
+
-

काठमाडाैँ- भरतपुर महानगरपालिकामा गठबन्धनकाे तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेनु दाहालले तीन हजार १२६ मतले अग्रता लिएकी छन्।

महानगरपालिकामा ४० हजार ९६३ मतगणना हुँदा दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी हुन्।

दाहालले १५ हजार ५१३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत प्राप्त गरेका छन्।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले छ हजार ४०३ मत प्राप्त गरे।

उपप्रमुखमा गठबन्धनबाटै कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ९७० मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गरेका छन्।

भरतपुर महानगरमा वडा नं १, २, ४, ५, ६ र ८ गठबन्धनबाट कांग्रेसका, ७ मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार र ३ मा एमालेका उम्मेदवार विजयी भएका छन्।

वडा नं ९ र १० को गणना भइरहेको छ। भरतपुर महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?