कान्समा सुरक्षा पन्तको पहिरन कसको?

कान्समा सुरक्षा पन्तको पहिरन कसको?
+
-

काठमाडौँ – विश्वविख्यात कान्स चलचित्र महोत्सव चलचित्रकर्मीहरुको लागि उत्सव हो। यो मेलामा विश्वभरका चलचित्र र चलचित्रकर्मीहरुले स्थान पाउने गरेका छन्।

यस वर्ष फ्रान्समा भइरहेको ७५ औँ कान्स चलचित्र महोत्सवमा नेपालकी नायिका सुरक्षा पन्त पनि सहभागी छिन्। उनी अन्तर्राष्ट्रिय चलचित्रमा काम गरेपछि उक्त फेस्टिभलमा सहभागी भएकी हुन्।

उनको कान्समा सहभागिताले नेपालमा भने खुसीको माहोल बनेको छ। उनलाई यो महोत्सवमा सहभागी हुन जाँदा देखि अहिले सहभागी भइसकेपछिको समयमा उनलाई धेरैले शुभेच्छा दिएका छन्।

कान्स चलचित्र महोत्सव कलाकारको फेसनसँग जोडिएर पनि चर्चित हुने गरेको छ।

नेपाली नायिका सुरक्षाले पनि आफूलाई रेड कार्पेटमा उभ्याउँदा डिजाइनर ड्रेस लगाएकी छन्। सातो गाउनमा सजिएकी सुरक्षाले तेञ्जिङ सेतेन भुटियाको डिजाइनमा बनेको गाउन लगाएकी छन्। यस्तै उनले ‘थेया ट्रेन्डस’ को गहना लगाएकी छन्। उनको मेकअप सुप्रिया मास्केले गरेकी हुन्।

उनले अन्तरराष्ट्रिय चलचित्र ‘द एट माउन्टेन’ मा हिस्सा लिएकी थिइन्। ‘फ्रान्स, इटालियन र बेल्जियम’ को सह उत्पादनमा बनेको यो चलचित्रको केही अंश नेपालमा खिचिएको थियो।

यो पनि पढ्नुहोस्

कान्स फिल्म फेस्टिभल कसरी पुगिन् सुरक्षा?

कान्स फिल्म फेस्टिभल कसरी पुगिन् सुरक्षा?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?