‘वर्ल्ड डङ्की डेको पाँचौ दिन,
लगाइएको हो बुढी अैाँलामा निलो
खसालिएको हो बाकसमा पाँचबर्षे द
अघिल्लै दिन,
नबोली नबोली
काटिएका हुन केही जोडी खसी
सजाइएको हो निधारमा गोलो टीका
बनाइएको हो अनुहार हल्का फिक्का
भइएको हो मन मिल्ने सबै एक ढिक्
घाममा,
पन्छाउँदै गर्दा बारीबाट केही बु
मिलेको थियो शायद जाहानलाई एकसरो गुन्यू
बुझिएको हो सानोतिनो खर्चपानी
त्यसैले त,
शिरमानेको घरमा
मनाइएको हो ‘वैशाखे दशैँ’ यसपा
जित्नेहरूले,
अपवाद छाडेर
केही थान आशा बाँड्नेछन् यसपाली
पार्नेछन् निराश
र,
गर्नेछन् हामीमाथि शासन यसपाली
किन्नेछन् डोजर
जोत्नेछन् भविष्य
र,
गन्नेछन् जीवनको साँघुरो बाटो
पलटिङ्गमा झैँ
भाग्यको खेतभरि ।
पाल्नेछन् ठेकेदार
बाल्नेछन् वनपाखा
हाल्नेछन् कमिसनको खरानी पेटभरि
राख्नेछन् धुपौरे
थाक्नेछन् विपक्षी
र,
टाँस्नेछन् स्तुतिगानका रङ्गीन
हार्नेहरूले,
अपवाद छाडेर,
गर्नेछन् नयाँ फर्मान
सर्नेछन् डेरा
तर,
तर्नेछन् कसरी ऋणको नदी ?
हाँस्ने र हसाउनेले,
बार्दलीबाट बाहिर निस्केर
झुक्याएर अनि झोक्किएर
कुर्लिएकै छन्
जापानी नाम भन्दै सगोत्रीलाई-
‘हुतिहारा मोरा’!
घर व्यवहार बिग्रेको बेला
धुमील सम्बन्ध नथिग्रेको बेला
राम्रै बोलीले पनि बिझाउँदो रहे
ठूलो सम्झिन/ महान सम्झिन
‘दाइसुके’ भनुँजस्तो लाग्छ, अर्
‘हारूकि’ भनुँ जस्तो लाग्छ, सु
राजा हटाइएको वर्षौँपछि,
राजापाक्षेको जस्तै सुक्न लागे
पाइलापाइलामा लागिरहेछ आयातित सं
उताभने खाडीमा,
तर्केर शरीरबाट श्वास
कसैको ‘बा’ र ‘अरब’ कहिल्यै नभे
बाकसमा पार्सल बनेर
आएको छ भाग्य-दुर्भाग्य !
यताभने,
शहर र गाउँमा,
खर्चेर ढुकुटीबाट
बाह्र अरब नगद कहिल्यै नफर्किने
बाकसमा कैद गरिएको छ भाग्य !
विवेक बन्धकमा राखिसकेपछि,
बाकसमा भाग्य राखेर के !
नराखेर के!!
बेथितिको आफै एक हिस्सा बनिसके
मन-मन्दिरमा भगवान डाकेर के !
नडाकेर के !!