
झापा – एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेले हारेको छ।
तीन दशकदेखि निरन्तर रूपमा एमालेकै जित भएको सो स्थानमा यसपालि भने एमालेले हार व्यहोर्नु परेको हो।
ओलीको गृहनगरमा कांग्रेस, माओवादी र राप्रपाको महागठबन्धनबाट राप्रपाका राम थापा विजयी भएका छन्।
थापा १७ हजार ५२५ मतका साथ विजयी भएका हुन्।
उनले एमालेकी गीता अधिकारीलाई पाँच सय ५९ मतले पराजित गरेका हुन्।
निवर्तमान उपप्रमुखसमेत रहेकी अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरिन्।
उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट कांग्रेसकी रेगिना भट्टराईले जितेकी छन्।
उनले १७ हजार ७२ मत ल्याउँदा एमालेका अम्बिका खनालले १६ हजार ५७४ मत पाए।
गठबन्धनमा सामेल माओवादीलाई भने घाटा भएको छ। पाएको चारवटै वडामा माओवादी पराजित भयो।
एमालेले वडामा भने वर्चश्व कायम गरेको छ। दशमध्ये सातवटा वडा एमालेले जितेको छ। कांग्रेसले दुई र राप्रपाले एउटा वडा जितेको छ।