
दाङ–लमही नगरपालिका वडा नं. ६ लंगडि निवासी शेरबहादुर चौधरीले विनोद एग्रोभेट पसल लमहीबाट डिवाई ६९ जातको हाईब्रिट धानको बीऊ किनेर लगे। पाँच सय ५० रुपैयाँ प्रतिकिलो पर्ने यो धानको बीऊचौधरीले दुई किलो किनेर लगेका हुन्।
धानको बीऊराखे तर, उम्रेन। सँगै बीऊ राखिएको सावा मन्सिुली उम्रियो तर, डिवाई ६९ जातको धानको बीऊ नउम्रिएपछि ठगिएको महसुस गरे। ‘राम्रो फल्छ भन्ने सुनेर बिउँ राखे तर, उम्रिएन’चौधरीले भने–‘जहाँ बाट किनेर ल्याएँ, त्यहाँ पुगेर पनि गुनासो पोखे तर, मलाई अर्को धानको बीऊ लैजान सल्लाह दिनुभयो।’
हरेक वर्ष किसान धानको बीऊमा ठगिने गरेका छन् । लङगडीकै अर्को किसान यमबहादुर चौधरीले पनि सोही जातको धानको बीऊ गरेका थिए । तर, नउम्रेपछि चौधरीले मकै लगेर छर्न बाध्य भए।
देउखुरीमा विक्री भएको यो जातको धानको बीऊमा समस्या आएको छ। अधिकांश किसानले बीऊ नउम्रेको बताएका छन्। यो चाईनाबाट आएको धानको बीऊ हो।
सिचुवान डेयु सीड कम्पनी लिमिटेडले उत्पादन गरेको यो धानलाई नेपालमा काष्ठमाण्डप ट्रेड प्वाइन्ट, काठमाण्डौंले अधिकृत विक्रेताको रपमा विक्रवितरण गर्दै आएको छ।
दाङमा सिद्धार्थ एग्रि सेन्टर घोराही अधिकृत विक्रेता हो। सिद्धार्थ एग्री सेन्टरले लमही स्थित विनोद एग्रोभेट सेन्टरमा धानको बीऊ पठाएको र यहाँबाट किनेर लगेका किसानहरुले बढि गुनासो गरेका छन्।
किसानहरुको गुनासो आएपछि स्टक रहेको धानको बीऊसमेत फिर्ता पठाएको एग्रोभेटका सञ्चालकले जानकारी दिए ।
यता, सिद्धार्थ एग्री सेन्टरका सञ्चालक एकनारायण पौडेलका अनुसार पहाडि क्षेत्रमा विक्रि भएको धानको विउँमा कुनै समस्या नआएको तर, देउखुरीमा विक्रि भएको धानको विउँमा केहि गुनासो आएको स्विकार गरे।
उनले बीऊ राख्ने समयमा धेरै गर्मी भएकाले धानको बीऊनउम्रेको हुन सक्ने दाबी गरे।‘देउखुरीबाट केही किसानहरुले पनि फोन गर्नु भएको छ, समस्या देखिएपछि हामिले धानको बीऊफिर्ता मगाएका छौं’उनले भने–‘गर्मिले गर्दा नम्रेको हुन सक्छ। यसको परिक्षण गर्छौं।’
बीऊ विजन गुणस्तर नियन्त्रण केन्द्र छ। वर्षेनि धानको जातहरु सूचिकृत गर्छ। डिवाइ ६९ जातको धानको बीऊसूचिकृत भएपनि पुरानो धानको बीऊनयाँ प्याकिंग मिति हालेर बजारमा लगेको शंखा गरिएको छ।
दाङ जिल्लामा जिल्ला कृषि विकास कार्यालयले सुख्खा २, ३, विन्देश्वरी, रामधान, सावामन्सुली सव १ लाई सिफारिस गरेको छ। कृषि विकास कार्यालयले हाईव्रिट जातको धानलाई प्रोत्साहन नगर्ने कृषि विकास अधिकृथ सुमन खनालले जानकारी दिए।‘
उन्नत जातको धानलाई मात्रै प्रोत्सान गर्छौं। सूचिकृत भन्दा बाहिरका धानका बीऊविक्रि वितरण गर्न पाईदैन्। हामीले अनुगमन गरिरहेका छौं’उनले भने–‘सूचिकृत भन्दा बाहिरको धानको बीऊविक्रि भएमा जफत गर्छौं।’
अहिले स्थानिय तहमा अधिकार प्रत्यायोजन भएपछि किसानहरु ठगिएको विषयमा अनुगमन तथा नियम गर्ने अधिकार छ। तर, स्थानीय तहका कृषि शाखाको ध्यान यस्ता विषयमा अझै पुग्न सकेको छैन्।