
काठमाडौँ – महानगरपलिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह प्रतिस्पर्धी केशव स्थापितभन्दा झण्डै १६ हजार मतले अघि छन्।
महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार ९१ हजार ८ सय ३० मत गन्दा बालेनले ३४ हजार १ सय मत ल्याएका छन्।
नेकपा एमालेका केशव स्थापितले १८ हजार २ सय ९५ मत ल्याएका छन् भने सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ८ सय ३५ मत ल्याएकी छन्।