‘बालिका बलात्कार’ गरेर भागेका अभियुक्त बने म्यादी प्रहरी

‘बालिका बलात्कार’ गरेर भागेका अभियुक्त बने म्यादी प्रहरी
+
-

काठमाडौंँ- बालिकालाई बलात्कार गरी फरार रहेका अभियुक्त झापाको गौरीगञ्जमा म्यादी प्रहरीमा काम गरिरहेको अवस्थामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका ५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताएका छन्।

एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेको पाठकले बताएका छन्।

पक्राउ परेका ती युवकले ५ वर्ष अघि २०७४ साल जेठ ३ गते उदयपुरको ताप्लीमा रहेको गहते जंगलमा लगेर बालिकालाई बलात्कार गरेको आरोप छ। बालिका बेहोस भएपछि उनी फरार रहेका थिए ।

फरार रहेका पोख्रेललाई प्रहरीले खोज्ने क्रममा झापाको गौरीगञ्जमा म्यादी प्रहरीमा काम गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको पाठकले बताएका छन्।

स्थानीय तह चुनावका लागि झापामा म्यादी प्रहरीका लागि आवेदन दिई छनोट प्रक्रिया पूरा गरेर म्यादी प्रहरीमा कार्यरत रहेकै बेला उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि उदउपुर पठाइएको बताएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?