लक्ष्यभन्दा बढी उठ्यो जेठमा राजस्व: ५८ अर्ब उठ्ला भनेको ६४ अर्ब!

लक्ष्यभन्दा बढी उठ्यो जेठमा राजस्व: ५८ अर्ब उठ्ला भनेको ६४ अर्ब!
+
-

काठमाडौं- सरकारले बजेट मार्फत भन्सार महसुल, अन्तशुल्क लगायतका करका दर र दायरा बढाएको प्रभाव जेठ महिनाको राजस्वमा देखिएको छ।

चालु आर्थिक वर्षको साउनदेखि नै लक्ष्यभन्दा निकै कम राजस्व संकलन गरिरहेको भन्सार विभागले पनि जेठ महिनाको राजस्व लक्ष्य भेट्टाएको छ।

यसअघि पुस र बैशाखमा मात्र लक्ष्य बमोजिमको राजस्व संकलन भएको थियो।

सरकारले जेठमा ५८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ६४ अर्ब रुपैयाँ संकलन गरेको छ।

भन्सार विभागसँगै आन्तरिक राजस्व विभागले पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गरेपछि सरकारलाई पुर्व निर्धारित राजस्व लक्ष्य भेट्टाउन सहज भएको हो।

जेठ महिनामा लक्ष्यभन्दा ६ अर्ब रुपैयाँ बढी राजस्व संकलन भए पनि जेठ मसान्त सम्मको समग्र राजस्व लक्ष्य भने अझै ७ अर्ब रुपैयाँले पछाडि नै छ।

लक्ष्य भन्दा कम राजस्व संकलन हुदाँ पनि सरकारले राजस्व लक्ष्य र संकलनको फरक भने घटाएको छ।

गत महिना सम्म लक्ष्य भन्दा १३ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको थियो।

जेठ मसान्त सम्म ६ खर्ब ३६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ६ खर्ब २९ अर्ब रुपैयाँ मात्र संकलन हुन सक्यो।

चालु आर्थिक वर्ष समाप्त हुन १ महिना मात्र बाकिं हुदाँ सरकारलाई लक्ष्य बमोजिम राजस्व उठाउन कठिन हुँदै गएको छ।

सरकारले चालु आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व लक्ष्य निर्धारण गरे पनि लक्ष्य भन्दा काम राजस्व संकलन भए पछि बजेट मार्फत ७ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलन हुने संशोधित लक्ष्य तय गरिएको थियो।

सरकारलाई चालु आर्थिक वर्षको संशोधित लक्ष्य पुरा गर्न पनि १ खर्ब रुपैयाँ राजस्व संकलन हुनु गर्नेछ।

राजस्व सचिव शिशिर ढुगांना लक्ष्य बमोजिमको राजस्व संकलन हुनेमा ढुक्क छन्।

देशसञ्चार सँग ढुगांनाले भने, ‘हामीले सुरु गरेको प्रशासन सुधारको प्रयासले नतिजा दिन सुरु गरेको छ र चालु आर्थिक वर्षको संशोधित लक्ष्य पुरा हुन्छ भन्नेमा हामी ढुक्क छौं।

जेठमा भन्सार विभागले पनि चालु आर्थिक वर्षमा पहिलो पटक राजस्व लक्ष्य पुरा गरेको छ।

जेठमा विभागलाई २९ अर्ब रुपैयाँ लक्ष्य दिईएकोमा ३५ अर्ब रुपैयाँ संकलन भएको छ।

जेठ मसान्त सम्म लक्ष्य भन्दा ११ अर्ब रुपैयाँ पछाडि परेपछि भन्सार विभागले चालू आर्थिक बर्षमा लक्ष्य अनुसार राजस्व संकलन नगर्ने निश्चित भएको छ।

विभागलाई जेठ मसान्त सम्म २ खर्ब ९२ अर्ब रुपैयाँ लक्ष्य दिईएको २ खर्ब ८१ अर्ब रुपैयाँ मात्र संकलन भएको छ।

चालु आर्थिक वर्षमा भन्सार विभागको लक्ष्य ३ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ।

भन्सार विभागका महानिर्देशक तोयम रायाले विभागले पुर्व निर्धारित लक्ष्य बराबर राजस्व संकलन नभए पनि लक्ष्यको आसपास पुग्ने दाबी गरेका छन्।

उनले भने, ‘असारमा लक्ष्य भन्दा बढि राजस्व संकलन गर्दै ३ खर्ब २० अर्ब भन्दा बढी राजस्व संकलन गर्ने विभागको योजना छ।’

अर्थमन्त्री भएपछि युवराज खतिवडाले भन्सार बिन्दुमा कडाई गर्दा पनि लक्ष्य अनुसारको भन्सार राजस्व संकलन हुन सकेको छैन।

यता आन्तरिक राजस्व विभागले लक्ष्य भन्दा ७ अर्ब रुपैयाँ बढि संकलन गरेको छ।

विभागलाई जेठ मसान्त सम्ममा २ खर्ब ३९ अर्ब रुपैयाँ लक्ष्य दिईएकोमा २ खर्ब ४८ अर्ब रुपैयाँ संकलन भएको छ।

आन्तरिक राजस्व विभागको जेठ महिनामा लक्ष्य भन्दा ३ अर्ब रुपैयाँ बढि संकलन गरेको छ। विभागको जेठ महिनाको लक्ष्य १९ अर्ब रुपैयाँ भएकोमा २१ अर्ब रुपैयाँ संकलन भएको छ।

जेठ महिनामा गैर कर भने लक्ष्य भन्दा ३ अर्ब रुपैयाँ कम संकलन भएको छ। सरकारले गैर कर लक्ष्य ७ अर्ब रुपैयाँ राखेकोमा ४ अर्ब रुपैयाँ मात्र संकलन भएको छ।

जेठमा लक्ष्य बमोजिम गैर कर राजस्व संकलन नहुदाँ पनि समग्रमा भने गैर कर राजस्व लक्ष्य भन्दा ५ अर्ब रुपैयाँ बढी संकलन भएको छ।

जेठ मसान्त सम्म ५६ अर्ब रुपैयाँ गैर कर राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा ६१ अर्ब रुपैयाँ संकलन भएको छ।

यो पनि पढ्नुहोस्

लक्ष्य भन्दा १३ अर्ब कम उठ्यो राजस्व, दुई महिनामा उठ्ला १ सय ६५ अर्ब?

लक्ष्य भन्दा १३ अर्ब कम उठ्यो राजस्व, दुई महिनामा उठ्ला १ सय ६५ अर्ब?

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’