
काठमाडौँ – पोखरा महानगरपालिकामा धनराज आचार्य ३ हजार भन्दाबढी मतले अघि छन्।
महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार १ लाख ४ हजार २ सय १२ मत गन्दा सत्ता गठबन्धनको समर्थनमा उठेका नेकपा एकीकृत समाजवादीका आचार्य ४१ हजार ७ सय ५ मतका साथ अग्र स्थानमा छन्।
नेकपा एमालेका कृष्ण थापाले ३८ हजार ३ सय १० मत ल्याएका छन्। आर्चाय थापाभन्दा ३ हजार ३ सय ९५ मतले अघि छन्।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका शंकर खरालले ४ हजार ६ सय ९० र लौरो चुनाव चिन्ह लिएर मेयरमा स्वतन्त्र उठेका गणेश पौडेलले २ हजार ६ सय ४९ मत प्राप्त गरेका छन्।
उपमेयरतर्फ नेकपा एमालेकी मन्जुदेवी गुरुङले ४३ हजार ६ सय १६ ल्याएकी छन् भने कांग्रेसकी कोपिला रानाभाटले ४१ हजार ९ सय २० मत ल्याएर गुरुङलाई पच्छ्याइरहेकी छन्।
राप्रपाकी रन्जना सेनले ४ हजार ६ सय २९ मत प्राप्त गरेकी छन्।