विचारविहीन जमातले राष्ट्रकाे नेतृत्व गर्न सक्दैन: महासचिव पाेख्ररेल

विचारविहीन जमातले राष्ट्रकाे नेतृत्व गर्न सक्दैन: महासचिव पाेख्ररेल
+
-

दाङ- नेकपा एमालेका महासचिव शंकर पाेखरेलले विचारविहीन जमातले राष्ट्रकाे नेतृत्व गर्न नसक्ने बताएका छन्।

प्रेस चाैतारी नेपाल दाङ शाखाले नवनिर्वाचित जनप्रतिनिधिकाे स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव पाेखरेलले स्वतन्त्र उम्मेदवारले प्राप्त गरेकाे मत असन्तुष्टिमा प्रकट भएको भन्दै त्याे जनमतलाइ आत्मसाथ गरेर पार्टीले याेजना बनाउने बताए।

‘स्वतन्त्रकाे अभ्यास नयाँ हाेइन, याे पुरानै अभ्यास हाे। युवा पुस्तालाई आकर्षित गर्नेगरी याेजना बनाउन जरुरी छ’, उनले भने, ‘नयाँ पुस्ताकाे आकांक्षालाई आत्मसाथ गरेर पार्टी अघि बढ्छ।’

याे स्थानीय तह निर्वाचनमा एमालेकाे पक्षमा जनमत बढाएको पनि महासचिव पाेखरेलले बताए।

‘केही सिट गुमाए पनि जनमत बढाएका छाैँ। केही ठाउँमा गठबन्धन भएका कारण परिणाम निकाल्न सकेनौँ। विगतकाे तुलनामा जनताको समर्थन प्राप्त गर्न सफल भएका छाैँ। याे असफलताबाट शिक्षा लिएर अघि बढ्ने छाैँ। विकास र समृद्धिकाे पात्रामा लग्नकाे लागि बलियाे राष्ट्रिय शक्तिकाे रूपमा विकास गर्न सकिन्छ’, उनले भने।

मुलुक धुव्रीकरणतर्फ प्रवेश गरेकाे उनकाे जिकिर छ।

उनले भने, ‘नेपाली कांग्रेस बलियाे शक्ति हाेइन, गठबन्धन पहिलाे शक्ति बनेकाे छ। एमाले दाेस्राे शक्ति बनेकाे छ। गठबन्धनकाे सहरामा कांग्रेसले जितेकाे हाे। दुई ध्रुवमा मुलुककाे राजनीति प्रवेश गरेकाे छ।’

गठबन्धनले पार्टीहरूलाइ कमजाेर बनाउने उनकाे भनाइ छ।

‘गठबन्धनले अस्थायी रूपमा परिणाम दिन्छ तर, भविष्यमा गुमाउनु पर्छ। संघ र प्रदेश सरकार अनुकुलन हुँदा स्थानीय सरकार सफल हुन सक्छन्। राष्ट्रिय शक्तिकाे रूपमा एमालेलाई बनाउनेगरी जनमत बढेकाे छ’, महासचिव पाेखरेलले भने।

प्रेस चाैतारी दाङका अध्यक्ष इन्द्र डिसीकाे अध्यक्षता तथा एमालेका महासचिव शंकर पाेखरेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एमालेकाे तर्फबाट निर्वाचित नगर प्रमुख नरुलाल चाैधरी, उपप्रमुख हुमाकुमारी डिसी लगायत वडा अध्यक्ष र सदस्यलाई स्वागत सम्मान गरिएको छ।

कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख नरुलाल चाैधरीले घाेराहीकाे समग्र विकासका लागि काम गरिने बताए।

‘हामीले थालेका याेजनाहरूलाई पूर्णता दिने छाैँ’, उनले भने, ‘घाेराहीकाे सन्तुलित विकास हाम्रो अबकाे एजेन्डा हाे।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?