नेपालमा हावाहुरी सहितको पानी कहिलेसम्म पर्छ ?

नेपालमा हावाहुरी सहितको पानी कहिलेसम्म पर्छ ?
+
-

काठमाडौँ – पछिल्ला केही दिन देखि भएको मौसम परिवर्तन प्रि–मनसुन गतिविधि भएकोले मनसुन शुरु नहुँदासम्म मौसम यस्तै नै हुने मौसम विद्ले बताएका छन्।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार भारतको उत्तर प्रदेश विहार बंगालतीर न्यून चापीय प्रणाली छ, माथिल्लो वायुमण्डलमा पश्चिमी वायुको प्रभाव रहेको र प्रि मनसुनको समय भएकोले पश्चिमी वायु पनि सक्रिय रहेको छ।

तीनै किसिमको वायुको सक्रियताले देशभर हावाहुरी, चट्याङ र वर्षा भईरहेको छ।

पछिल्लो केही दिनमा गड्याङगुडुङ पनि धेरै सुनिएको छ। मौसमविद प्रधानाङ्गको अनुसार प्रि मनसुन अत्याधिक सक्रिय भएको समयमा गड्याङगुडुङ अत्याधिक हुनु समान्य हो। उनले भने, ‘यो समयमा वायुमण्डल असाध्यै अस्थिर हुन्छ। त्यसले गर्दा गड्याङगुडुङ ठूलो आवाजमा आउनु सामान्य हो।’

नेपालमा प्रि मनसुन सक्रिय भईरहँदा मनसुन आउँन भने अझै बाँकी रहेको उनले बताए। नेपालमा मनसुन भारतमा प्रवेश गरेपछि मात्रै आउने गर्छ। प्रधानाङ्गका अनुसार मनसुन भारतमा नै प्रवेश नगरेको अवस्था रहेकोले नेपालमा कहिले मनसुन आइपुग्ने बारे बताउन सकिदैन।

मौसम विद् प्रधानाङ्गका अनुसार देशभरका अधिकांश क्षेत्रमा मौसम बदली छ । अहिले देशभरी न्यून चापीय प्रणाली, माथिल्लो वायुमण्डलमा पश्चिमी वायुको प्रभाव रहेको र पश्चिमी वायु पनि सक्रिय रहेको अवस्थामा अधिकतम तापक्रम बढ्न पाईरहको छ। त्यसैको कारण वातावरणमा चिसोपना बढ्को उनले बताए।

सोमबार बिहान बागमती र गण्डकीका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ।

दिउँसो देशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?