नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब

नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब
+
-

काठमाडौँ – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालको कुल वैदेशिक व्यापार १७ खर्ब ७८ अर्ब ७ लाख २९ हजार रुपैयाँ पुगेको छ।

भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा तुलनामा यसवर्ष कुल वैदैशिक व्यापार ३०.४९ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालको कुल वैदेशिक व्यापार १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

भन्सार विभागले आज सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख १७ हजार रुपैयाँको वस्तु विभिन्न देशबाट आयात गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष आयात २७.९५ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो आर्थिक वर्षको पहिलो दश महिनामा नेपालले १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार रुपैयाँको वस्तु आयात गरेको थियो ।

पछिल्लो दश महिना ९२०७८ साउनदेखि २०७८ वैशाखसम्मको अवधिमा नेपालले १ खर्ब ७३ अर्ब ३४ करोड ८२ लाख १२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपालको निर्यात ५९.८० प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो दश महिनामा नेपालले १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो।

चालु आर्थिक वर्षको सुरुवाती दश महिनामा नेपालको वैदेशिक व्यापार घाटा १४ खर्ब ३१ खर्ब ३० करोड ४३ लाख ६ हजार रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा यसवर्ष नेपालको व्यापार घाटा २४.९४ प्रतिशतले बढेको छ।

अघिल्लो आर्थिक वर्षको पहिलो दश महिनामा नेपालको व्यापार घाटा ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ रहेको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?